दमक । सत्तारुढ नेकपाका युवा नेता विरेन्द्र बस्नेतले कम्युनिष्टलाई संघर्षको अर्को नाम भएको बताउनुभएको छ । झापाको दमकमा २५ औं जनयुद्धका अवसरका आयोजित कार्यक्रममा मन्तव्य राख्दै उहाँले कम्युनिष्ट आन्दोलन नयाँ युग निर्माण गर्ने अभियान भएको पनि बताउनुभयो ।
कम्युनिस्ट भनेको संघर्षको अर्को नाम हो, नयाँ युगको निर्माणको अभियान हो । निरन्तरताको क्रम भङ्ग र नयाँ युगको निर्माणको अभियान हो । समाज निरन्तर परिवर्तन शिल हुन्छ, कम्युनिस्ट यसको संचालक हो । उहाँले भन्नुभयो, जनयुद्धले नेपालको सामाजिक र राजनीतिकक रुपमा मुलुकको कायापलट गरिदियो । सहरदेखी गाउँसम्म ब्यप्त सामन्ती आर्थिक सामाजिक स्थितिमा आमूल परिवर्तन ल्यायो भने राजनीतिक रुपमा रहेको सामन्ती राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र स्थापना गर्यो । उहाँको भनाइ थियो ।
जनयुद्धमा नेपाली जनताले देखमएको त्याग समर्पण र बलिदानको गाथालाई जस्ताको त्यस्तै नयाँ पुस्तामा पुर्याउन सकिएन भने यो परिवर्तनको सारथकता हुन्न । नेपालमा जनयुद्ध र शान्तिपूर्ण संघर्ष को फ्युजनबाट मात्रै आन्दोलन सफल भएको हो । जनयुद्ध नेपालको कम्युनिस्ट आन्दोलनको अमूल्य सम्पत्ति भएको नेता बस्नेतको मत थियो ।
पार्टी सदस्यले नै पार्टीमा रक्त संचार गर्ने भएकाले पार्टी सदस्य संधै गतिशील हुनुपर्ने उहाँले बताउनुभयो ।
जनयुद्धमा महिला दलित मजदुर किसानको महत्त्वपूर्ण सहभागीता रहेको थियो । किनभने त्यहाँ सबै भन्दा बढी उत्पिडन थियो । हामी यसो किन गरिरहेका छौ त यो पार्टी बिश्व भरिका मजदुरहरूले आसा गरेको पार्टी हो । उहाँको भनाइ थियो ।
त्यसैगरी प्रदेश कमिटी सदस्य होम थापाले यही चार गते प्रधानमन्त्री केपी शर्मा ओलीको दमक आगमन हुने पनि जानकारी गराउनुभयो ।
कार्यक्रममा राजेन्द्र दाहाल, रमेश गुरागाइँ, दुर्गाप्रसाद चौलागाईं, भूमिका कोइराला, अम्बिका खनाल, वेदु गौतम, लिला दाहाल, गणेश बस्नेत र निर्मला पाठकको उपस्थिति रहेको थियो । कार्यक्रमको सभापति बोध प्रसाद घिमिरेले गर्नुभएको थियो भने संचालन तिर्थ बस्नेतले गर्नुभएको थियो