सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

नौ जनप्रतिनिधिद्वारा एकीकृत समाजवादीमा सनाखत


  • 1.4K
    SHARES
  • https://indrenipost.com/posts/553
    भदौ २१, २०७८ सोमबार
    नौ जनप्रतिनिधिद्वारा एकीकृत समाजवादीमा सनाखत

    काठमाडौं । ताप्लेजुङका एक जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेकी छन् । जिल्ला समन्वय समितिका उपप्रमुख देवीमाया नेपालीले आइतबार नेकपा (एस)को पक्षमा सनाखत गरेकी हुन् । 

    जिल्ला निर्वाचन कार्यालयमा पुगेर उपप्रमुख नेपालीसहित मेरिङ्देन गाउँपालिका–६ का वडाध्यक्ष ठाकुरसिंह लिम्बू, प्रवक्ता सूर्यमान बराइली, कार्यपालिका सदस्य दोर्जी शेर्पा वडा नं १ का सदस्य मानबहादुर लिम्बू, वडा नं २  का सदस्य पूर्णबहादुर कामी, वडा नं–३ का वडाध्यक्ष गजेन्द्रकुमार नाल्बो, दलित महिला सदस्य दिलमाया नेपाली र समन्वय समिति सदस्य निमातेन्जी शेर्पा छन् । 

    दल विभाजनसम्बन्धी अध्यादेशमा यही भदौ २२ गतेसम्म नयाँ दल रोज्न पाउने व्यवस्था गरिएको जनाइएको छ । सोही अवधिमा नागरिकता, मतदाता परिचयपत्र, निर्वाचित भएको प्रमाणपत्रसहित स्वयं उपस्थित भएर सनाखत गर्न सकिने निर्वाचन कार्यालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # नेकपा (एकीकृत समाजवादी)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij