लुम्बिनी । प्रदेश प्रमुखबाट प्रमाणीकरण भई लागू भएको लुम्बिनी प्रदेश निजामती सेवा गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धी ऐनले महिला कर्मचारीले महिनावारी विदा पाउने व्यवस्था गरेको छ ।
प्रदेशका निजामती महिला कर्मचारीले सो सुविधा पाउने भएका हुन् ।
यो ऐन ११ मंसिरमा प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा आएको छ ।
प्रदेशसभामा २२ असारमा दर्ता भएको विधेयक २२ भदौमा पारित भएको थियो ।
ऐनको दफा ११७ को (१) (ग) मा यस्तो विदाको व्यवस्था गरिएको छ ।
ऐनले महिनावारी विदाको व्यवस्था गरे पनि कति दिन भन्ने तोकेको छैन ।
अब कार्यविधि बनेपछि विदा लागू हुनेछ ।