बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

नगरपालिका सभापति चन्द वडामै पराजित


  • 2.0K
    SHARES
  • https://indrenipost.com/posts/562
    भदौ २२, २०७८ मंगलबार
    नगरपालिका सभापति चन्द वडामै पराजित

    काठमाडौं । नेपाली कांग्रेस दशरथचन्द नगरपालिका सभापति लालबहादुर चन्द वडामै पराजित भएका छन् । १४ औँं महाधिवेशन अन्तर्गत वडा तहमा सम्पन्न अधिवेशनमा उनी आफ्ना निकटतम प्रतिद्वन्द्वी चन्द्रसिंह थापासँग ४ मतले पराजित भएका हुन् । 

    विजयी भएका थापाले ५७ मत प्राप्त गरे भने चन्दले ५३ मत मात्रै प्राप्त गर्नुभएको मतदान अधिकृत सुरेन्द्र चन्दले जानकारी दिए । नगर सभापति चन्द जिल्ला समन्वय समितिका सदस्य समेत छन् । कूल १६ क्षेत्रीय प्रतिनिधि छनोट गर्नुपर्नेमा २४ आकांक्षी देखिएका थिए । तीमध्ये  महिला खुल्ला ३, महिला समावेशी २, अपाङ्ग १ र दलित १ मा सहमति भएको थियो । 
     
    यसबाहेका अन्य नौ खुल्ला प्रतिनिधिको लागि निर्वाचन भएको मतदान अधिकृत चन्दले बताए । दशरथचन्द –८ मा १२३ मतदाता रहेकामा १०१ निर्वाचनमा सहभागी भएको निर्वाचन समितिले जनाएको छ । यसैबीच उक्त वडामा चामुसिंह थापा वडा सभापतिसहित २८ जनाको वडाकार्य समिति भने निर्विरोध चयन भएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij