सुदूरपश्चिम । सुदूरपश्चि प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले प्रदेश सरकार भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताको नीति लिएर काम गरिरहेको बताए ।
धनगढीमा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनसम्बन्धी प्रदेशस्तरीय अन्तरक्रियामा उमले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम राख्न सबैको ऐक्यवद्धता र प्रतिवद्धताको आवश्यकता औँल्याए ।
उनले भने, भ्रष्टाचार नियन्त्रणका लागि सबैमा स्वअनुशासन, सदाचार र नैतिकता आवश्यक छ । प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले स्वअनुशासनमा बसेर काम गर्न सकिएमा धेरै हदसम्म अनियमितता रोकिने बताउँदै भ्रष्टाचार नियन्त्रणसम्बन्धी अन्तरक्रियाबाट सरकारलाई योजना कार्यान्वयनमा सहजीकरण गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे ।
अख्तियार दुरुपयोग अनुशन्धान आयोगका आयुक्त डा हरि पौडेलले प्रचलित कानुन विपरीतको काम गर्न कसैलाई पनि छुट नहुने बताउनुभयो । उनले भने, आ–आफ्नो काम कर्तव्यप्रति जवाफदेही बन्नसक्नुपर्छ, निस्वार्थ ढङ्गले काम गर्दा कुनैपनि समस्या आउँदैन ।