आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

देशको पहिचान नै मुख्य पहिचान हो : पूर्वप्रधानमन्त्री नेपाल


  • 694
    SHARES
  • https://indrenipost.com/posts/5969
    पुष २६, २०८० बिहीबार
    देशको पहिचान नै मुख्य पहिचान हो : पूर्वप्रधानमन्त्री नेपाल

    कैलाली । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको पहिचानलाई जोगाउन समाजका सबै वर्ग लाग्नुपर्ने बताएका छन् ।

    कैलालीको टीकापुरमा आज सुरु भएको नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा उहाँले देशको पहिचान जोगाउन सबैले लाग्नुपर्ने बताएका हुन् ।

    आज यो वा त्यो भनेर पहिचानका ‘एजेण्डा बाहिर आउन थालेका छन् । त्यसले सिङ्गो देशको पहिचानलाई सङ्कटमा पुर्याउन सक्छ, पूर्वप्रधानमन्त्री नेपालले भने, हामीले जात, धर्मको नाममा पहिचान खोज्नुभन्दा सिङ्गो देशको पहिचानलाई समेट्दै देशको समृद्धिका निम्ति लाग्नु अहिलेको आवश्यकता हो ।

    अध्यक्ष नेपालले गणतन्त्रका विरुद्धमा केही संयन्त्र लागेका बताउँदै देशको वर्तमान व्यवस्थालाई कसैले फेरबदल गर्न सक्दैन भने । दलीय व्यवस्थाभन्दा निरङ्कुश एकदलीय व्यवस्था कदापि राम्रो हुन सक्दैन ।

    विगतमा त्यहीँ व्यवस्था ढाल्नका लागि त्यत्रो आन्दोलन गर्नुपर्यो, बरु कुनै पार्टी ठीक नहोलान्, कुनै नेता ठीक नहोलान्, तर तिनको विकल्प अर्को पार्टी र अर्को नेता हुनसक्छ निरंकुश एकदलीय व्यवस्था हुन सक्दैन, उनले भने ।

    विगतमा अधिकारका लागि भएका अप्रिय घटनाले ठूलो क्षति पुर्याएको बताउँदै अध्ष्क्ष नेपालले आगामी दिनमा त्यस्ता घटना हुन नदिनेतर्फ सधैँ सचते हुनुपर्नेमा जोड दिए । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij