मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

ईपीएस कोरिया भाषा परीक्षाकाे मिति सर्‍याे, अब कहिले होला ?


  • 460
    SHARES
  • https://indrenipost.com/posts/6089
    माघ २, २०८० मंगलबार
    ईपीएस कोरिया भाषा परीक्षाकाे मिति सर्‍याे, अब कहिले होला ?

    काठमाडौं । रोेजगार अनुमति प्रणाली ‘ईपीएस’ कोरियाको भाषा परीक्षा सरेको छ ।

    जनवरी २० मा ईपीएस कोरियाको ‘मेन्युफ्याक्चरीङ’ तर्फको हुने परीक्षाको कार्यतालिका सरेको हो ।

    अब ईपीएस ‘मेन्युफ्याक्चरीङ सेक्टर’ तर्फको परीक्षा फेब्रुअरी ६ मा सूचना जारी गर्ने गरी सारिएको वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए ।

    कोरिया जान गत डिसेम्बर महिनामा खुलेको ‘मेन्युफ्याक्चरीङ सेक्टर’ तर्फ १ लाख ६४ हजार ७१६ जनाले आवेदन दिएका छन् ।

    हालसम्मकै उच्च आवेदन परेकोले तीन चरणमा परीक्षा गर्ने निर्णय भएको थियो ।

    जसअनुसार यही जनवरी २० मा सूचना जारी गरी परीक्षा गराइने भनिएको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij