गण्डकी । राष्ट्रियसभा निर्वाचनमा गण्डकीबाट खुलातर्फ गोरखाका किरणबाबु श्रेष्ठ निर्वाचित भएका छन् । उनले ३ हजार ८ सय ८ मत मतभार पाएर निर्वाचित भएका हुन् ।
उनले स्थानीय तहका १ सय जना प्रमुख तथा उपप्रमुख र प्रदेश सांसद ३६ जनाले मत दिएर निर्वाचित गराएका थिए । उनका विपक्षी एमालेका चक्रबहादुर पराजुलीले २ हजार ४ सय ७७ मतभार पाए ।
पराजुलीलाई स्थानीय तहका ६९ जना प्रमुख तथा उपप्रमुखले मत दिए भने प्रदेश सभाका २२ जना सांसदले मत दिएका थिए ।
खुलातर्फ सत्ता गठबन्धनका १ जना स्थानीय जनप्रतिनिधीले भोट क्रस गरेर एमाले उम्मेदवारलाई मत दिएका थिए ।
राप्रपाबाट खुलातर्फ उम्मेदवार बनेका रोमबहादुर भण्डारीले २ जना प्रदेश सांसदको मात्र मत पाएका थिए । उनको मतभार १ सय ६ मतभार पाएका थिए ।