मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

प्रतिनिधिसभा बैठक

प्रतिस्थापन विधेयकबाट बजेट ल्याएपछिकाे पहिलो संसद् बैठक बस्दै

प्रतिपक्षी दल नेकपा (एमाले)ले आज पनि बैठक अवरुद्ध गर्ने


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/621
    भदौ २७, २०७८ आइतबार
    प्रतिस्थापन विधेयकबाट बजेट ल्याएपछिकाे पहिलो संसद् बैठक बस्दै

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (आइतबार) दिउँसो बस्दैछ । संघीय संसद सचिवालयका अनुसार दिउँसो १ बजेका लागि संसद बैठक डाकिएको हो । 

    प्रमुख प्रतिपक्षी दल एमालेको विरोधका बाबजुध सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएपछि पहिलोपटक आज संसद बैठक बस्न लागेको हो । एमालेले आज पनि बैठक चल्न नदिने तयारी गरेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखले आफ्ना मागहरुप्रति वेवास्ता गरेकाले आजको बैठक पनि चल्न नदिने बताए । गएको शुक्रबार एमालेको विरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रतिस्थापन विधेयक संसदमा प्रस्तुत गरेका थिए ।

    छिल्लो समय एमालेले लगातार संसद बैठक अवरुद्ध गर्दै आएको छ । एमाले फुटाउन सभामुख अग्नी सापकोटाले भूमिका खेलेको आरोप एमालेको छ । एकीकृत समाजवादीतिर लागेका आफ्ना १४ सांसदलाई गरिएको कारबाही सभामुखले सदर नगरेको आरोप एमालेले लगाएको छ ।

    कांग्रेस, माओवादी लगायतका सत्तारुढ दलले भने एमालेको माग असंवैधानिक भएको तर्क गरेका छन् । सभामुख सापकोटाले पनि अदालतमा विचाराधिन तत्कालिन एमाले सांसदमाथिको कारबाहीको विषयमा संसदमा वहस हुन नसक्ने प्रस्टीकरण दिएका छन् ।

  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभा बैठक
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij