आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

विज्ञान-प्रविधि

सामसुङको मुनाफामा ८४.९ प्रतिशतले गिरावट


  • 712
    SHARES
  • https://indrenipost.com/posts/6260
    माघ १७, २०८० बुधबार
    सामसुङको मुनाफामा ८४.९ प्रतिशतले गिरावट

    दक्षिण कोरियाको प्रबिधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले गत वर्षको आम्दानीमा दोहोरो अङ्कको गिरावट बेहोरेको छ ।

    स्थानीय रूपमा निर्मित ब्राण्डहरूको कमजोर विश्वव्यापी मागले चिप्सबाट हुने आम्दानी घट्दा घाटा निम्त्याएको कम्पनीले बुधबार जनाएको छ ।

    सन् २०२३ मा सामसुङको परिचालन मुनाफा ८४.९प्रतिशतले घटेर ६.५७ ट्रिलियन पुगेको छ ।

    पछिल्लो समयमा विश्वव्यापी वित्तीय सङ्कटले विश्व अर्थतन्त्रलाई तहसनहस पारेको छ ।

    राजस्व १४.३ प्रतिशतले घटेर २५८.९४ ट्रिलियन ओन तथा शुद्ध आय ७२.२ प्रतिशतले घटेर १५.४९ ट्रिलियन ओन पुगेको छ ।

    अक्टोबर–डिसेम्बरको तीन महिनामा मात्रै परिचालन मुनाफा ३४.४ प्रतिशतले घटेर २.८२ ट्रिलियन ओन पुगेको छ ।

    चौथो त्रैमासिकमा राजस्व ३.८ प्रतिशतले घटेर ६७.७८ ट्रिलियन ओन र शुद्ध आय ७३.४ प्रतिशतले घटेर ६.३४ ट्रिलियन ओन पुगेको छ ।

    सामसुङको चिप बनाउने व्यवसायले चौथो क्वाटरमा २१.६९ ट्रिलियन ओनको राजस्वमा परिचालन घाटा २.१८ ट्रिलियन ओन रेकर्ड गरेको छ ।

    चौथो क्वाटरको मेमोरी चिप्स व्यवसायले अघिल्लो त्रौमसिकको तुलनामा मोबाइल उपकरण र चिप्सको बलियो मागसँगै उत्पादन गर्ने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा विस्तारित लगानीका कारण सर्भरको मागमा सुधार देखाएको कम्पनीले जनाएको छ ।

    चौथो क्वाटरको मेमोरी चिप्स व्यवसायले अघिल्लो त्रौमसिकको तुलनामा मोबाइल उपकरण र चिप्सको बलियो मागसँगै उत्पादन गर्ने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा विस्तारित लगानीका कारण सर्भरको मागमा सुधार देखाएको कम्पनीले जनाएको छ ।

    एलएसआईले चौथो त्रैमासिकमा आविस्कारसम्बन्धी आम्दानीमा सुधार देखाएको छ ।

    तर विश्वव्यापी आर्थिक सुधारमा ढिलाइका कारण धातुजन्य समानको आम्दानीमा गिरावट आएको छ ।

    सामसुङको डिस्प्ले प्यानल युनिटले अक्टोबर–डिसेम्बरमा ९.६६ ट्रिलियन ओनको राजस्वमा २.०१ ट्रिलियन ओनको परिचालन मुनाफा भएको बताएको छ ।

    मोबाइल डिस्प्ले व्यवसायले अघिल्लो त्रैमासिकको तुलनामा चौथो त्रैमासिकमा राम्रो प्रदर्शन देखाएको छ ।

    स्मार्ट फोनको माग अलि बढी थियो, ठूलो प्यानल व्यवसायले वर्षको अन्त्यसम्ममा मौसमी टिभीको मागका कारण घाटामा केही कम भएको छ ।

    सामसुङको मोबाइल र नेटवर्क डिभिजनले २५.०४ ट्रिलियन ओनको राजस्वमा २.७३ ट्रिलियन ओनको परिचालन मुनाफा दर्ता गरेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij