शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

मौसम पूर्वानुमान

सुदूरपश्चिम प्रदेशबाट पश्चिमी वायुको प्रभाव फेरि बढ्ने


  • 676
    SHARES
  • https://indrenipost.com/posts/6344
    माघ २०, २०८० शनिबार
    सुदूरपश्चिम प्रदेशबाट पश्चिमी वायुको प्रभाव फेरि बढ्ने

    काठमाडौं । आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ ।

    आज देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । 

    उनले भने, “आज रातिबाट नेपालमा सुदूरपश्चिम प्रदेशबाट पश्चिमी वायुको प्रभाव फेरि बढ्ने देखिन्छ, आइतबारका लागि विषेश गरी कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।”

    यसैगरी कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा आज हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    अहिले काठमाडौंको वायुको तापक्रम १२ डिग्री सेल्सियस मापन गरिएको तथा पारदर्शिता चार हजार पाँच सय मिटर रहेको मौसम पूूर्वानुमान महाशाखाले जनाएको छ ।

    यसैगरी काठमाडौंको आज बिहानको न्यूनतम तापक्रम तीन दशमलव तीन डिग्री सेल्सियस रहेको तथा आज अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियस बीचमा रहने मौसमविद् अधिकारीले बताउनुभयो ।

    आज राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जनाइएको छ ।

    सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा फाट्टफुट्टदेखि हल्का वर्षाको सम्भावना रही कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij