मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

अन्तर्राष्ट्रिय

प्रहरीद्वारा ४० हजार बौद्धिक सम्पत्ति अधिकार अपराधहरूको अनुसन्धान


  • 496
    SHARES
  • https://indrenipost.com/posts/6372
    माघ २१, २०८० आइतबार
    प्रहरीद्वारा ४० हजार बौद्धिक सम्पत्ति अधिकार अपराधहरूको अनुसन्धान

    सन् २०२३ मा चिनियाँ प्रहरीले बौद्धिक सम्पत्ति अधिकार (आईपीआर) वा गुणस्तरहीन वस्तुको उत्पादन र बिक्री गर्ने जस्ता ४० हजार मुद्दाहरूको अनुसन्धान गरेको छ ।

    प्रहरी अधिकारीहरूले राष्ट्रव्यापी रूपमा वैज्ञानिक र प्राविधिक आविष्कारहरूका साथै व्यापार गोप्य उल्लङ्घनहरू सम्बन्धी आईपीआर उल्लङ्घनहरू विरुद्ध कडा कारबाही गरेका छन् ।

    गत वर्ष १५० भन्दा बढी प्रविधि सम्बन्धी मुद्दाहरूको अनुसन्धान गरेको पनि सार्वजनिक सुरक्षा मन्त्रालयले शनिबार जनाएको छ ।

    साथै प्रतिलिपि अधिकार बजारको व्यवस्थालाई कायम राख्न पाठ्यपुस्तक तथा सन्दर्भ पुस्तक, चलचित्र र सफ्टवेयरको प्रतिलिपि अधिकारको आपराधिक उल्लङ्घनका १३ सयभन्दा बढी मुद्दामा राज्यले अनुसन्धान गरेको छ ।

    पछिल्लो समय चीनमा यस किसिमका अनुसन्धानलाई तीव्रता दिइएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij