मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

राजनीति

आज दिउँसो बस्ने प्रतिनिधि सभा बैठकमा के छ एमालेको रणनीति ?

१४ सांसदलाई कारबाही नगरे सभामुखले राजीनामा दिनुपर्ने सर्त


  • 1.2K
    SHARES
  • https://indrenipost.com/posts/649
    भदौ २९, २०७८ मंगलबार
    आज दिउँसो बस्ने  प्रतिनिधि सभा बैठकमा के छ एमालेको रणनीति ?

    काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (मंगलबार) दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने भएको छ । बैठकका लागि सम्भावित कार्यसूची तय भइसकेका छन् । 

    संघीय संसद् सचिवालयका अनुसार अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ । त्यस्तै बैठकमा २०४८ सालमा राष्ट्रिय सभामा मनोनित सदस्य रुक्म शम्शेर जबराको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

    त्यसैगरी प्रतिपक्षी दल नेकपा (एमाले)ले आज पनि संसद् अवरुद्ध गर्ने भएको छ । उसले भदौ १ गते नेपालसहित १४ सांसदलाई कारबाही गर्दै पदमुक्त गर्न सभामुख अग्नि सापकोटालाई पत्र पठाएको थियो । एमालेले सभामुखलाई १४ सांसदलाई पदमुक्त गरिएको सूचना टाँस गर्न वा मार्ग प्रशस्त नगरेसम्म सदन चल्न नदिने भएको छ । 

    एमालेका एक नेताका अनुसार १४ सांसदलाई कारबाही नगरे सभामुखले राजीनामा दिनुपर्ने सर्त अगाडि बढाउन लागेको छ । 

  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभा बैठक
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij