मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

शिक्षा

त्रिवि उपकुलपतिका लागि १४ जनाको नाम 'सर्टलिस्ट'मा, को-को परे ? [नामावलीसहित]


  • 505
    SHARES
  • https://indrenipost.com/posts/6496
    माघ २६, २०८० शुक्रबार
    त्रिवि उपकुलपतिका लागि १४ जनाको नाम 'सर्टलिस्ट'मा, को-को परे ? [नामावलीसहित]

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि गठित समितिले उपकुलपतिका लागि आवेदन दिएकामध्ये १४ जनाको नाम 'सर्टलिस्ट'मा राखेको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले त्रिभुवन विश्वविद्यालयमा राजनीतिक भागवण्डाका आधारमा नभइ प्रतिस्पर्धाका माध्यमबाट योग्य व्यक्तिलाई नियुक्ति गर्ने बताएका थिए ।

    त्यसैअनुसार त्रिविको रिक्त उपकुलपति पदमा नियुक्तिका लागि त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस समितिले उपकुलपतिका लागि आवेदन माग गरेको थियो ।

    समितिले आवेदन मागे गरेपछि ४३ जनाले आवेदन दिएका थिए । त्यसमध्ये २ महिला र ४१ पुरुष थिए । त्यसमध्ये समितले १४ जनालाई सर्ट लिस्टमा राखेको हो । समितिले कुशुम शाक्य, केशरजंग बराल तथा गोविन्द सुवेदीलाई सर्ट लिस्टमा राखेको छ ।

    त्यस्तै चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्र प्रसाद पौडेल, टंकनाथ धमला, तीर्थराज खनियाँ र नारायणप्रसाद बेलवासे पनि सर्ट लिस्टमा परेका छन् । त्यस्तै उपकुलपतिमा आवेदन दिएका प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्र पव्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापा पनि सर्टलिस्टमा परेका छन् ।

    सर्टलिस्टमा परेकाहरूसँग अब समितिले अन्तर्वार्ता र कार्ययोजनाको प्रस्तुतीकरण लिनेछ । त्यसपछि तीन जनाको नाम प्रधानमन्त्री तथा कुलपति प्रचण्डलाई सिफारिस हुनेछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij