मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

शिक्षा

त्रिविका निमित्त उपकुलपतिले गरेका सबै नियुक्ति खारेज गर्न माग


  • 532
    SHARES
  • https://indrenipost.com/posts/6590
    माघ २९, २०८० सोमबार
    त्रिविका निमित्त उपकुलपतिले गरेका सबै नियुक्ति खारेज गर्न माग

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का निमित्त उपकुलपतिले गरेका पछिल्ला पदाधिकारीको नियुक्ति खारेज गर्न माग गरिएको छ ।

    प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सोमबारको बैठकमा सांसदहरूले यस्तो माग राखेका हुन् ।

    निमित्त उपकुलपति प्रा.डा. शिवलाल भुसालले सहायक डीनलगायत हालै नौ पदाधिकारी नियुक्त गरेका छन् ।

    “तीन महिनाका लागि नियुक्त गरिएका निमित्त भीसीले कुन कानुनमा टेकेर यति धेरै पदाधिकारी नियुक्ति गर्नुभयो ? अनि, उहाँ नै प्रतिस्पर्धाका लागि योग्य हुनुभयो ?,”

    सांसद सुमना श्रेष्ठले प्रश्न गरिन् । जवाफमा शिक्षासचिव सुरेश अधिकारीले अरू चार विश्वविद्यालयमा पदाधिकारी नियुक्त नगर्न निर्देशन दिइएको जानकारी गराए ।

    त्रिविको विषय भर्खरको घटना भएकाले यसबारे छलफल नभएको उनले उल्लेख गरे । शिक्षामन्त्री काठमाडौंबाहिर रहेकाले फर्किएपछि यसबारे थप छलफल गरिने उनले जवाफ दिए ।

    त्रिविमा नयाँ उपकुलपति छनोटका निम्ति १४ जना ‘सर्ट लिस्टेड’ गरिएका छन् । उनीहरूमध्ये अबको प्रक्रियाबाट सिफारिस समितिले तीनजनाको नाम सिफारिस गर्नेछ ।

    तीमध्येबाट मन्त्रिपरिषद्ले एकजनालाई उपकुलपतिमा नियुक्त गर्नेछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij