मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

शिक्षा

प्रधानमन्त्रीले भने : त्रिवि उपकुलपति नियुक्तिको विषय टुंगोमा पुगेको छैन


  • 550
    SHARES
  • https://indrenipost.com/posts/6775
    फागुन ८, २०८० मंगलबार
    प्रधानमन्त्रीले भने : त्रिवि उपकुलपति नियुक्तिको विषय टुंगोमा पुगेको छैन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिको विषय नटुङ्गिएको बताएका छन् ।

    सिफारिस समितिको सिफारिस प्राप्त भएपनि यसबारेमा थप निर्णय भइनसकेको प्रचण्डको भनाइ छ ।

    फागुन ६ गते त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको थियो ।

    सर्टलिष्टमा परेकाहरूको अन्तर्वार्ता सकिएलगत्तै समितिको बैठकले केशरजंग बराल, टंकनाथ धमला र चित्रबहादुर बुढाथोकीको नाम सिफारिस गरेको थियो ।

    उपकुलपतिका लागि ४३ जनाले उम्मेदवारी दिएका थिए । तीमध्ये एक जनाको आवेदन अस्वीकृत गरिएको थियो भने १४ जना सर्टलिष्टमा परेका थिए ।

    सर्टलिष्टमा परेका १४ जनाको सोचपत्र तथा कार्ययोजनाको प्रस्तुतीकरण र अन्तरवार्तापछि विश्वविद्यालयको कुलपतिसमेत रहेका प्रधानमन्त्रीसमक्ष सिफारिस भएको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij