शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

एमाले कैलालीको अध्यक्षमा ढुंगाना निर्वाचित


  • 649
    SHARES
  • https://indrenipost.com/posts/6868
    फागुन १२, २०८० शनिबार
    एमाले कैलालीको अध्यक्षमा ढुंगाना निर्वाचित

    धनगढी । नेकपा (एमाले) कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना विजयी भएका छन् । पूर्व प्रदेश सचिवालय सदस्य समेत रहेका ढुंगाना प्रतिद्वन्द्वी डेजी पाण्डेलाई पराजित गर्दै विजयी भएका हुन् ।

    ढुंगानाले २८७ मत प्राप्त गर्दा पाण्डेले २१८ मत ल्याएका छन् । अध्यक्षका अर्का प्रतिद्वन्द्वी दुर्गाप्रसाद जोशीले ६३ मत पाए । उनी हालका कार्यवाहक अध्यक्ष समेत हुन् । उनीहरू तीनै जना प्यानलसहित उम्मेदवारी दिएका थिए ।

    यस्तै उपाध्यक्षमा पाण्डे प्यानलका लोकेन्द्रबहादुर शाही पाँच मतले विजयी भएका छन् । उनले एक सय ९३ मत पाउँदा प्रतिद्वन्द्वी दलबहादुर बिष्टले एक सय ८८ मत पाए । उपाध्यक्षका उम्मेदवार विष्णु चौधरीले एक सय ६, मदनराज ओझाले ३३ मत र गजेन्द्र स्वारले २७ मत ल्याएका छन् ।

    सचिवमा भने पाण्डे प्यानलका ममताप्रसाद चौधरी विजयी भएका छन् । चौधरी दुई सय ४३ मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी ढुंगाना प्यानलका विष्णुकुमार चन्दले एक सय ६८ मत मात्रै पाएका छन् । सचिवकै अर्का उम्मेदवार दानबहादुर विश्वकर्माले एक सय ४७ मत प्राप्त गरेका छन् ।

    उपसचिव(खुला) मा भने ढुंगाना प्यानलका चुडामणी भट्ट विजयी भएका छन् । भट्ट दुई सय ५१ मत पाएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी भुवन रिजालले एक सय २३ मत पाए । यस्तै अर्का उम्मेदवार नृप थ्यायत खड्काले ९५ र राजु गुरूङले ७१ मत पाएका छन् ।

    उपसचिव (महिला) मा गंगाकुमारी चौधरी एक सय ९६ मतसहित विजयी भएकी छन् ।उनकी प्रतिद्वन्द्वी शान्तिदेवी सिंहले एक सय ६१,रत्ना कुँवर जोशीले ९४ र अम्बिका विष्टले ९० मत पाएकी छन् । फागुन ६ गते सुरू भएको एमाले नवौं अधिवेशनमा छैटौं दिन शुक्रबार मात्र मतदान भएको थियो ।

    कुल पाँच सय ९१ प्रतिनिधि रहेकोमा पाँच सय ७७ मत खसेको थियो । शनिबार रातिदेखि पदाधिकारीको मतगणना गरिएको थियो भने सदस्यको मत गणना अब हुने निर्वाचन कमिटीले जनाएको छ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij