आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

फेसबुक अवरुद्धबारे मेटाको यस्तो छ भनाइ


  • 487
    SHARES
  • https://indrenipost.com/posts/7129
    फागुन २३, २०८० बुधबार
    फेसबुक अवरुद्धबारे मेटाको यस्तो छ भनाइ

    काठमाडौं । मेटाले फेसबुकसहित समाजिक सञ्जालमा देखिएको समस्या समाधान गरिएको जनाएको छ । मंगलबार राति अचानक फेसबुक, मेसेन्जर, इन्स्टाग्रामसहितका सामाजिक सञ्जालमा समस्या देखिएको थियो ।

    न्युयोर्क टाइम्सका अनुसार फेसबुकमा करिब दुई घण्टा समस्या देखिएको थियो । विश्वभरका प्रयोगकर्ताको गुनासोपछि मेटाले फेसबुकसहितका प्लेटफर्ममा देखिएको प्राविधिक समस्याको समाधान गरिएको बताएको छ ।

    मेटाका प्रवक्ता यान्डी स्टोनले एक्समा भनेका छन्, "आज केहीबेर प्राविधिक समस्याका कारण हाम्रा केही सेवामा प्रयोगकर्ताहरूले पहुँच पाउन सकेका थिएनन् । हामीले जतिसक्तो चाँडो समस्याको समाधान गरिसकेका छौँ । पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौँ ।"

    उनले प्राविधिक समस्या के कारण देखियो भन्नेबारे खुलाएका छन् । अहिले धेरै प्रयोकर्ताहरूको फेसबुक खुलिसकेको छ । तर, केही प्रयोगकर्ताहरूले अझै आफूहरूले समस्या भोगिरहेको गुनासो गरेका छन् ।

    नेपाली समयअनुसार राति ९ बजेतिर फेसबुकमा अचानक समस्या देखिएको थियो । त्यसपछि विश्वभरका लाखौँ प्रयोगकर्ताहरूले सामाजिक सञ्जालमा देखिएका समस्याबारे रिपोर्ट गर्न मिल्ने डाउन डिटेक्टरमा फेसबुक अवरुद्ध भएको गुनासो गरेका थिए ।

    कतिपयले ह्वाट्सएप र थ्रेडमा समेत समस्या भोगिरहेको गुनासो गरेका थिए । यी दुवै मेटाबाट सञ्चालित छन् । मेटाले आफ्ना एपहरूमा प्रत्येक महिना करिब चार अर्ब प्रयोगर्कताका लागि होस्ट गर्छ । फेसबुकले काम गर्न छाडेपछि अधिकांश प्रयोगकर्ताहरू ट्विटरतर्फ लागेका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij