आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

काठमाडौंका यी स्थानहरूमा आज विद्युत् आपूर्ति प्रभावित


  • 505
    SHARES
  • https://indrenipost.com/posts/7136
    फागुन २४, २०८० बिहीबार
    काठमाडौंका यी स्थानहरूमा आज विद्युत् आपूर्ति प्रभावित

    काठमाडौं । आज बालुवाटार लगायत विभिन्न स्थानमा चार घन्टा विद्युत् सेवा अवरूद्ध हुने भएको छ ।

    नेपाल विद्युत् प्राधिकरणले महाराजगञ्ज वितरण केन्द्रको लाजिम्पाट फिडर अन्तर्गत पर्ने लाजिम्पाट, पानीपोखरी, बालुवाटार क्षेत्रमा आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बत्ती नआउने जानकारी दिएको हो ।

    उक्त क्षेत्रमा केबल रेजिङ, भूमीगत प्रसारण लाइन निर्माण लगायतका कार्य गर्नका लागि फिडर सट डाउनमा राख्नुपर्ने भएको प्राधिकरणले जनाएको छ ।

    उक्त काम समय अगावै सम्पन्न भएको खण्डमा निर्धारित समयभन्दा अगाडि नै विद्युत् सेवा सुरू गरिने प्राधिकरणले जानकारी दिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij