सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

स्वास्थ्य

ज्वाइँले कलेजो दिएपछि सासूले पाइन् पुनर्जीवन


  • 586
    SHARES
  • https://indrenipost.com/posts/7162
    फागुन २६, २०८० शनिबार
    ज्वाइँले कलेजो दिएपछि सासूले पाइन् पुनर्जीवन

    भक्तपुर । भक्तपुरमा रहेको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचाररत एक महिलालाई ज्वाइँले कलेजो दान गरेका छन् ।

    ६५ वर्षीया सासू लक्ष्मीदेवी श्रेष्ठलाई उनका ४५ वर्षीय ज्वाइँ श्रीकृष्ण मानन्धरले कलेजो दान गरेका हुन् ।

    गएको सोमबार मानन्धरले आफ्नी सासु लक्ष्मीदेवीलाई कलेजो दान गरेका सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक तथा कलेजो प्रत्यारोपणविज्ञ डा.पुकारचन्द्र श्रेष्ठले जानकारी दिए ।

    नेपालमा भएका अंगदानमध्ये ९० प्रतिशत महिलाले पुरुषलाई अंगदान गरेका त्यो क्षेत्रका विज्ञहरुले बताएका छन् ।

    झन् ज्वाइँले नै सासूलाई कलेजो दान गर्नु दुर्लभ घटना भएको चिकित्सकहरुले बताएका छन् ।

    सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले नेपालमै पहिलो पटक २०७३ सालमा कलेजो प्रत्यारोपण सुरु गरेको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij