मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

राजनीति

भोलि बिहान प्रतिनिधि सभाको बैठक बस्दै, यी हुन् सम्भावित कार्यक्रम


  • 2.4K
    SHARES
  • https://indrenipost.com/posts/735
    असोज ३, २०७८ आइतबार
    भोलि बिहान प्रतिनिधि सभाको बैठक बस्दै, यी हुन् सम्भावित कार्यक्रम

    काठमाडौं । प्रायः दिउँसो राख्ने गरिएको प्रतिनिधि सभाको बैठक भोलि (सोमबार) चाहिँ बिहान बस्ने भएको छ । संघीय संसद् सचिवालयका अनुसार भोलि बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्ने भएको हो । 

    संघीय संसद्का महासचिव भरतराज गौतमका अनुसार सोमबार बस्ने प्रतिनिधिसभाको बैठकका लागि सम्भावित ६ वटा कार्यक्रम तय गरिएको छ । आइतबार सार्वजनिक कार्यसूचीअनुसार सोमबारको बैठकमा विनियोजन विधेयकबारे छलफल हुनेछ । अर्थमन्त्री जनार्दन शर्माले व्यवस्थापन कार्यमार्फत चारवटा विधेयक प्रस्तुत गर्नेछन् ।

    मन्त्री शर्माले विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक विचार गरियोस् भन्नका लागि प्रस्ताव र आर्थिक विधेयकमा दफाबार छलफलकाे मिति तोक्न प्रस्ताव पेस गर्नेछन् । यस्तै सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयक, २०७८ अन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय एवं सचिवालयका विभिन्न शीर्षकमा सांसद प्रेम सुवालबाट प्रस्तुत खर्च कटौतीका प्रस्तावलाई निर्णयार्थ बैठकमा प्रस्तुत गर्नेछन् ।

    यसैगरी सोमबारको संसद् बैठकमा सांसद प्रेम सुवालले विनियोजन विधेयकअन्तर्गतका विभिन्न मन्त्रालय, कार्यालय एवं सचिवालय शीर्षकका खर्च रकममा उल्लिखित रकम घटाइयोस् भनी खर्च कटौतीका प्रस्ताव पनि प्रस्तुत गर्ने सम्भावित कार्यक्रम छ । यस्तै विनियोजन विधेयक, २०७८ अन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय एवं सचिवालयका विभिन्न शीर्षकबारे उठेका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यक्रम रहेको संसद् सचिवालयले जारी गरेको कार्यसूचीमा उल्लेख छ । 

    हेर्नुहोस्, कार्यसूची

     

  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभा बैठक
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij