बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

राजनीति

सहिद पुत्र आचार्य काँग्रेस सभापतिको बलियो उम्मेदवार


  • 5.7K
    SHARES
  • https://indrenipost.com/posts/751
    असोज ४, २०७८ सोमबार
    सहिद पुत्र आचार्य काँग्रेस सभापतिको बलियो उम्मेदवार

    काठमाडौं । नेपाली काँग्रेस जाजरकोटको सभापतिमा सहिद पुत्र मुक्तिप्रसाद आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । काँग्रेसको १४ औँ महाधिवेशनका क्रममा हुने जिल्ला अधिवेशनमा आफूले उम्मेदवारी दिने घोषणा गरेका हुन् । 

    सो अवसरमा उनले पार्टीलाई एकीकृत गर्दै जिल्लामा काँग्रेसको संगठन मजबुद बनाउन पार्टी सभापतिमा उम्मेदवारी घोषणा गर्न लागेको आचार्यले जानकारी दिए । काँग्रेस जाजरकोटका पूर्व पार्टी सभापति दीपकजंग शाहले काँग्रेस जिल्लाको संगठनलाई सबल र सक्षम बनाउन आचार्यको उम्मेदवारी स्वभाविक भएको बताए । 

    पूर्वसांसद राजीवविक्रम शाहले आचार्यले जारकोटमा काँग्रेस नेतृत्व सर्वसम्मत बनाउन सके आगामी दिनमा हुने सातवटै स्थानीय तहको निर्वाचन काँग्रेसले जित्नसक्ने उल्लेख गरे । पूर्वसांसद शाहले मुक्तिप्रसाद आचार्यलगायत अन्य नेताहरू पनि काँग्रेस जाजरकोटको सभापतिका आकाङ्क्षी भएकाले उनीहरूलाई मिलाएर अगाडि बढ्न सुझाव दिए ।

    सभापतिका उम्मेदवार आचार्य २०४८ सालदेखि हालसम्म काँग्रेस पार्टीमा क्रियाशिल छन् । तीन दशक पहिले काँग्रेस पार्टीको भातृ संगठन नेविसंघ जाजरकोटबाट उनले राजनीति सुरु गरेका हुन् । स्मरणीय छ, उनका पिता लक्ष्मीप्रसाद आचार्य तत्कालीन सशस्त्र द्वन्द्वमा मारिएका थिए । त्यसपछि उनलाई काँग्रेसले सहिद घोषणा गरेको छ । 

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij