काठमाडौं । सत्ता गठबन्धनमा रहेका दलहरुबीच मन्त्रालयको भागबण्डामा कुरा मिलेको छ । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा सरकारकाे न्यूनत्तम साझा कार्यक्रम निर्धारण गर्न गठित कार्यदलले मन्त्रालयको भागबण्डा टुंगो लगाएको हो ।
स्रोतका अुनसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय जनता समाजवादी पार्टी (जसपा) ले पाउने भएको छ । यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पाउने छ ।