शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

प्रदेश सरकार

लुम्बिनीको मुख्यमन्त्री महरा नियुक्त


  • 703
    SHARES
  • https://indrenipost.com/posts/7538
    चैत २३, २०८० शुक्रबार
    लुम्बिनीको मुख्यमन्त्री महरा नियुक्त

    काठमाडौं । लुम्बिनी प्रदेशको मुख्‍यमन्त्रीमा जोखबहादुर महरा नियुक्त भएका छन् ।

    प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दल लुम्बिनीका नेता महरालाई शुक्रबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

    महराले प्रदेश सभाको तत्काल कायम रहेको प्रदेश सभा सदस्यमध्ये बहुमत सदस्यहरूको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

    महरालाई मुख्यमन्त्री बनाउन नेकपा एमालेका २९, माओवादीका १०, जनता समाजवादी पार्टीका ३, एकीकृत समाजवादी १ र एकजना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जना सांसदले पक्षमा हस्ताक्षर गरेका छन् ।

    यसअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहीबार पदबाट राजीनामा दिएपछि नयाँ मुख्यमन्त्रीको लागि बाटो खुला भएको थियो । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै प्रदेशमा पनि सत्ता फेरिएको हो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij