सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

आईपीएल- २०२४ मा कोलकाताको पहिलो हार, चेन्नई ७ विकेटले विजयी


  • 370
    SHARES
  • https://indrenipost.com/posts/7578
    चैत २७, २०८० मंगलबार
    आईपीएल- २०२४ मा कोलकाताको पहिलो हार, चेन्नई ७ विकेटले विजयी

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ अन्तर्गत गए राति भएको खेलमा चेन्नई सुपर किङ्सले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गरेको छ ।

    पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३७ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको चेन्नईले १७.४ ओभरमा ३ विकेट गुमाउँदै १४१ रन बनाएर लक्ष्य पूरा गर्‍यो ।

    केकेआरका ओपनर फिल साल्ट शून्य रनमा पहिलो बलमै आउट भए । सुनिल नराइनेले २७ रन जोडे । त्यस्तै अङकृस रघुवंशी २४, श्रेयस ऐय्यर ३४, बैंकटेस ऐय्यर ३, रमनदीप सिंह १३, रिंकु सिंह ९, आन्द्रे रशेल १० र मिचेल स्टार्क शून्य रनमा आउट भए । त्यस्तै अनुकुल रोय ३ तथा वैभव अरोरा १ रनमा नटआउट रहे ।

    बलिङतर्फ चेन्नईका तुसार देशपाण्डेर रविन्द्र जडेजाले ३/३ विकेट लिए । त्यस्तै मुस्तफिजुर रहमानले २ तथा महेश तीक्ष्णाले १ विकेट लिए । जवाफी ब्याटिङमा चेन्नईका ऋतुराज गाइकवाडले नटआउट ६७ रनको अर्धशतकीय पारी खेलेका थिए ।

    त्यस्तै रचिन रविन्द्रले १५, ड्यारी मिचेलले २५, सिवम दुवेले २८ रनको योगदान दिए । त्यस्तै महेन्द्रसिंह धोनी १ रनमा नटआउट रहे । जारी सिजनमा चेन्नईले पाँच खेल खेलेकामा योसहित तीन जित निकालेको छ ।

    यसअघि चेन्नईले गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको थियो भने सनराइजर्स हैदरावाद र दिल्ली क्यापिटल्ससँग पराजित भएको थियो ।

    त्यस्तै चार खेल खेलेको कोलकाताले पहिलो हार ब्यहोरेको हो । यसअघि कोलकाताले दिल्ली, बैंगलुरु र हैदरावादलाई पराजित गरेको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij