सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

खेलकुद

एसीसी प्रिमियर कप : नेपालको लगातार तेस्रो जित, हङकङ ८ विकेटले पराजित 


  • 550
    SHARES
  • https://indrenipost.com/posts/7661
    बैशाख ३, २०८१ सोमबार
    एसीसी प्रिमियर कप : नेपालको लगातार तेस्रो जित, हङकङ ८ विकेटले पराजित 

    काठमाडौँ । नेपालले एसीसी प्रिमियर कपमा लगातार तेस्रो जित हासिल गरेको छ । सोमबार सम्पन्न खेलमा हङकङलाई २ विकेटले पराजित गरेसँगै नेपालले प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको हो ।

    हङकङले दिएको ११५ रनको लक्ष्य पछाएको नेपालले १२।२ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

    नेपालका लागि आसिफ सेखले सर्बाधिक ४० रन बनाएका थिए भने कुशल भुर्तेलले ३२, कप्तान रोहित पौडेलले अविजित २५ र सन्दीप जोराले अविजित १९ रन बनाएका थिए ।

    यस अघि टस हारेर पहिला ब्याटिंग गरेको हङकङले निर्धारित १७।५ ओभरमा अल आउट हुदै ११४ रन बनाएको थियो । वर्षाले प्रभावित भएपछि यो खेल १८(१८ ओभर खेलाइएको छ ।

    हङकङका लागि अन्शुमन राठले सर्बाधिक ३४ रन बनाए भने जीशान अलिले १४, कप्तान निजाकत खानले १२ रन र एहसान खानले ११ रन बनाएका थिए ।

    त्यस्तै नेपाली बलर अविनाश बोहोराले सर्वाधिक ३ विकेट लिए भने ललित राजवंशी र दिपेन्द्र सिंह ऐरीले २–२ तथा करण केसीले एक विकेट लिएका थिए ।

    यो जितपछि समुह ए मा नेपालको ३ खेलमा ६ अंक भएको छ र नेपाल शीर्ष स्थानमा रहेको छ । साथै नेपालको सेमिफाइनलको यात्रा पनि निश्चित गरेको छ । नेपालले अब समूह चरणमा आफ्नो अन्तिम खेल बुधबार साउदी अरेबियासँग खेल्ने छ ।

    त्यसैगरी हङकङको भने यो प्रतियोगितामा दोस्रो हार हो । ३ खेलमा एक जित र २ हार बेहोरेको हङकङको सेमिफाइनल यात्रा अब कठिन भएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij