आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रभावकारी तयारी गर्न प्रधानमन्त्री ओलीको निर्देशन


  • 550
    SHARES
  • https://indrenipost.com/posts/9648
    साउन १२, २०८२ सोमबार
    दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रभावकारी तयारी गर्न प्रधानमन्त्री ओलीको निर्देशन

    काठमाडौँ, १२ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मङ्सिर महिनाभित्र दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्ने गरी तयारीमा तीव्रता दिन निर्देशन दिएका छन ।
    प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार आयोजित छलफलमा प्रधानमन्त्री ओलीले युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्का नेतृत्वलाई चुस्त र प्रभावकारी तयारी अघि बढाउन निर्देशन दिएका हुन । उनले प्रतियोगिताको मिति र स्थान यथाशक्य छिटो टुंगो लगाउन तथा निर्णयपछि फेरबदल नगर्न आग्रह गरेका छन ।
    प्रधानमन्त्री ओलीले सन् २०२६ मा जापानमा आयोजना हुने एसियन गेम्सको पूर्वसन्ध्यामा आयोजना हुन गइरहेको राष्ट्रिय प्रतियोगिता खेलाडीहरुको क्षमता अभिवृद्धि र छनोटका दृष्टिले महत्त्वपूर्ण हुने भएकाले समयमै तयारी थाल्नुपर्नेमा जोड दिएका छन ।
    छलफलमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव डा.हरिप्रसाद लम्साल, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्य र सदस्य सचिव टङ्कलाल घिसिङ लगायतको उपस्थिति रहेको थियो ।
    प्रधानमन्त्री ओलीले मन्त्रालय र परिषद्को नेतृत्वबीच सहकार्य र समन्वयलाई अझ मजबुत बनाउन आवश्यक रहेको पनि उनले बताएका छन ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij