सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

खेलकुद

विश्वचर्चित फुटबलर रोनाल्डोलाई दुई खेलमा प्रतिबन्ध ! 


  • 424
    SHARES
  • https://indrenipost.com/posts/7673
    बैशाख ४, २०८१ मंगलबार
    विश्वचर्चित फुटबलर रोनाल्डोलाई दुई खेलमा प्रतिबन्ध ! 

    काठमाडौं । क्रिस्टियानो रोनाल्डोलाई दुई खेलमा प्रतिबन्ध लागेको छ । साउदी सुपर कपको सेमिफाइनलमा अल हिलालविरुद्ध रातो कार्ड पाएका रोनाल्डोलाई साउदी फुटबल फेडेरेसनको अनुशासन समितिले दुई खेलको प्रतिबन्ध लगाएको हो ।

    सो खेलमा रोनाल्डोले अल हिलालका खेलाडीलाई धक्का दिएर लडाएपछि रातो कार्ड पाएका थिए । साथै रेफ्रीले रातो कार्ड दिएपछि रोनाल्डोले रेफ्रीलाई मुक्का ताकेको भिडियो समेत सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

    दुई खेलको प्रतिबन्धपछि रोनाल्डोले अल नासरका अप्रिल १९ मा अल फेइहा र अप्रिल २७ को अल खालेजविरुद्धको महत्वपूर्ण खेल गुमाउने भएका छन् ।

    रोनाल्डोको यस सिजनमा उत्कृष्ट प्रदर्शन रहेपनि अल नासर भने ट्रर्फीविहीन बन्ने भएको छ । साउदी लिगमा अल हिलालसँग १२ अंकले पछाडी रहेको अल नासर एशियन च्याम्पियन्स लिगमा पनि बाहिँरिएको छ ।

    रोनाल्डो अब अल नासरका लागि मे १ मा अल खालीजविरुद्ध किंग कपको सेमिफाइनलमा खेल्ने छन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij