सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

खेलकुद

एसीसी प्रिमयर कप : आज अपराजित नेपाललाई साउदी अरेबियाको चुनौती


  • 370
    SHARES
  • https://indrenipost.com/posts/7681
    बैशाख ५, २०८१ बुधबार
    एसीसी प्रिमयर कप : आज अपराजित नेपाललाई साउदी अरेबियाको चुनौती

    काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत आज नेपाल आफ्नो चौथो खेलमा साउदी अरेबियाको सामना गर्दैछ । आज अपराह्न पौने १२ बजे ओमानको अल अमेरत क्रिकेट ग्राउन्ड- २ मा सुरु हुनेछ ।

    समूह चरणमा तीन खेल खेलीसकेको नेपाल अविजित छ । नेपालले समूह चरणमा हङकङलाई ८ विकेटले पराजित गरेको थियो भने कतारलाई ३२ रनले पराजित गरेको थियो ।

    त्यस्तै मलेसियाविरुद्ध ५ विकेटको जित निकालेको नेपालले चौथो खेलमा साउदी अरेबियाको सामना गर्न लागेको हो । साउदी अरेबियाले भने समूह चरणमा खेलका तीन खेलमध्ये एउटामा जित निकालेको छ भने दुई वटामा पराजय व्यहोरेको छ ।

    कतारसँग १५ रनले पराजित भएको साउदी मलेसियासँग १२ रनले स्तब्ध बनेको थियो । तर, हङकङविरुद्ध भने ५५ रनको जित निकालेको थियो । नेपाल भने समूहचरणका तीन खेलमा जित निकाल्दै एक खेलअगावै सेमीफाइनलमा पुगिसकेको छ ।

    नेपाललाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गर्ने साउदी अरेबियाको लक्ष्य छ । तर, टी- २० आईमा नेपालसँग पहिलोपटक प्रतिस्पर्धा गर्न लागेको साउदी अरेबीयाका लागि त्यो सहज भने छैन ।

    नेपाली टीममा कप्तान रोहित पौडेल, आशिफ शेख, अनिल साह, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, अविनास बोहरा, प्रतिश जिसी, गुल्सन झा, सन्दिप जोरा, सोमपाल कामी, करण केसी, कुशल मल्ल, ललित राजवंशी र विवेक यादव छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij