शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

थाइल्याण्डविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

  • 352
    SHARES
  • https://indrenipost.com/posts/9177
    जेठ ६, २०८२ मंगलबार
    थाइल्याण्डविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

    काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत ‘सुपर थ्री’ को अन्तिम खेलमा नेपालले आज थाइल्याण्डसँग खेल्दै छ ।

    अहिले विहान पौने ९ बजेदेखि तेरथाइ क्रिकेट मैदानमा सुरु हुने खेलमा नेपालले पहिले बलिङ गर्दै छ । कप्तान इन्दु बर्माले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरिन् ।नेपाल र थाइल्याण्ड दुवैले ग्लोबल छनोटमा स्थान पक्का गरिसकेका छन् । आजको खेलको विजेताले एसिया छनोटको उपाधि जित्ने छ ।

    सोमबार भएको खेलमा नेपालले यूएईलाई हराउँदै पहिलोपटक एसिया छनोट पार गरेर ग्लोबल छनोटमा पुगेको हो । त्यसअघि आइतबार थाइल्याण्डले यूएईलाई हराएर अघिल्लो चरणमा पुग्ने पक्का भएको थियो ।थाइल्याण्ड हालसम्म यस प्रतियोगितामा अपराजित छ । समूह चरणमा २ जित निकाल्दा २ रद्द भएको थियो भने सुपर थ्री मा यूएईलाई हराएको थियो ।

    नेपालकी कप्तान इन्दु बर्माले थाइल्याण्डलाई हराएर एसिया छनोटको उपाधि नै जितेर फर्कने लक्ष्य राखेको बताइन् । ‘अब हामीलाई हार्नका लागि केही पनि छैन त्यसकारण त्यही हिसाबले पोजिटिभ खेल खेल्ने छौं’ उनले भनिन् ।

    नेपालले समूह चरणमा बहराइनलाई दुवै खेलमा हराउँदा हङकङसँग पराजित भएको थियो भने हङकङको नेपालसँग १ र बहराइनसँग दुवै खेल वर्षाले प्रभावित हुँदा नेपाल बढी जितसहित अगाडि बढेको थियो ।

    महिला टी-२०आईमा नेपालले थाइल्याण्डलाई हालसम्म हराउन सकेको छैन ।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij