शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

टी-२० विश्वकप छनोटमा नेपाल यूएईसँग भिड्दै


  • 235
    SHARES
  • https://indrenipost.com/posts/9161
    जेठ ५, २०८२ सोमबार
    टी-२० विश्वकप छनोटमा नेपाल यूएईसँग भिड्दै

    काठमाडौं – महिला टी-२० विश्वकपका लागि नेपालले सोमबार संयुक्त अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्दैछ।

    आईसीसी महिला विश्वकपका लागि थाइल्यान्डमा जारी एसियाली क्षेत्रको छनोटको सुपर-३ अन्तर्गत नेपालले आफ्नो पहिलो खेल खेल्न लागेको हो। यो खेल सोमबार अहिले बिहान ८ बजेर ४५ मिनेटमा सुरु हुनेछ।यस खेलमा जित निकाले नेपालले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ । पराजित भए नेपाल प्रतियोगिताबाट बाहिरिने छ । आयोजक थाइल्यान्ड भने सुपर तीनको एक खेल अगावै ग्लोबल छनोटमा पुगेको छ ।

    प्रतियोगितामा आइतबारको खेलमा थाइल्यान्डले यूएईलाई ४५ रनले हराएको थियो । प्रतियोगितामा सहभागी नेपाल समूह ‘सी’को विजेता हो भने थाइल्यान्ड समूह ‘ए’ र यूएई समूह ‘बी’को विजेता टिम हुन्।प्रतियोगिता अन्तर्गत नेपालले दोस्रो खेल मंगलबार थाइल्यान्डसँग खेल्नेछ। यो प्रतियोगितामा सहभागी तीन टिमले एकअर्कासँग एक-एक खेल खेल्नेछन्।

    सुपर-३ प्रतियोगिताको शीर्ष दुई स्थानमा रहने महिला टिमले टी-२० विश्वकपको छनोट प्रतियोगितामा प्रवेश पाउनेछन्। यो प्रतियोगितामा १० टोली सहभागी हुनेछन्। अहिलेसम्म विश्वस्तरीय छनोट प्रतियोगिता खेल्ने बंगलादेश, स्कटल्यान्ड र अमेरिका गरेर तीन टिमको मात्र टुंगो लागेको छ।अब एसिया, यूरोप, अफ्रिकाका र पूर्वी एसिया प्यासिफिक क्षेत्रबाट विश्वस्तरीय छनोट खेल्ने टिमको टुंगो लाग्नेछ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij