सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

खेलकुद

एसीसी प्रिमियर कप : साउदी अरेबियाविरुद्ध नेपालले टस जित्यो, पहिला बलिङ गर्दै


  • 541
    SHARES
  • https://indrenipost.com/posts/7692
    बैशाख ५, २०८१ बुधबार
    एसीसी प्रिमियर कप : साउदी अरेबियाविरुद्ध नेपालले टस जित्यो, पहिला बलिङ गर्दै

    काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत आज नेपाल र साउदी अरेबियाबीच खेल हुँदै छ । ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीको दोस्रो मैदानमा हुने यो खेल ८–८ ओभरको हुने भएको छ ।

    यस खेलमा नेपालले टस जितेको छ । नेपाली कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसँगै साउदी अरेबियाले पहिला ब्याटिंग गर्ने भएको छ । यो खेल नेपाली समय अनुसार सवा २ बजेदेखि सुरु हुँदैछ । 

    गएराति भारी वर्षा भएकोले आज खेल हुने पिचमा क्षति पुगेको कारण समयमा खेल सुरु हुन नसकेको हो । 

    नेपालले यसअघि नै लगातार तीन खेलमा जित हासिल गर्दै समूह ‘ए’ मा ६ अंकसहित समूह विजेता बनेर सेमीफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । नेपालका लागि यस खेलको नतिजाले अब कुनै असर नगर्ने भएको छ ।

    त्यस्तै साउदी अरेबियाले भने यसअघि खेलेका ३ खेलमा एक जितसहित २ अंक हासिल गरेर तेस्रो स्थानमा रहेको छ र साउदी अरेबियालाई यस खेलको जितले सेमिफाइनलमा लैजाने सम्भावना बढी देखिएको छ । साउदी अरेबियाको रनरेट राम्रो रहेकाले यस खेलको जितले सेमिफाइनलमा पुर्याउन सक्छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij