सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

क्रिकेट

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान


  • 586
    SHARES
  • https://indrenipost.com/posts/7698
    बैशाख ५, २०८१ बुधबार
    विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी टी(२० वरियताको अलराउन्डरतर्फ ११औँ स्थानमा उक्लिएका छन् ।

    अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आइसिसी)ले जारी गरेको नयाँ वरियतामा दीपेन्द्र १४औँ स्थान सुधार गर्दै ११औँ स्थानमा पुग्न सफल भएका हुन् । त्यसैगरी ब्याटिङतर्फको विश्व वरियतामा १६ स्थान सुधार गर्दै ऐरी ६२औँ स्थानमा उक्लिएका छन् । 

    ऐरी हाल ओमानमा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरिरहेका छन् । उनले उक्त प्रतियोगताअन्तर्गत कतारविरुद्धको खेलमा एकै ओभरमा छ छक्का प्रहार गरेका थिए । 

    ब्याट्सम्यानको नयाँ वरियतामा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल ५३औँ स्थानमा रहँदा आसिफ शेखले ३६ स्थान सुधार गर्दै ७५औँ स्थानमा उक्लेका छन् । त्यस्तै कुशल मल्ल नौ स्थान सुधार गर्दै १००औँ स्थानमा पुगेका छन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij