काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा परम्परागत प्रतिद्वन्दी युएईसँग खेल्ने भएको छ ।
बुधबार समूह चरणका खेल सकिएसँगै युएई समूह ‘बी’ मा उपविजेता बनेपछि सेमिफाइनलमा नेपालसँग खेल्ने भएको हो । नेपाल समूह ‘ए’ मा अपराजित रहँदै समूह विजेता बनेको छ ।
त्यस्तै अर्को सेमिफाइनलमा आयोजक ओमानको सामना हङकङसँग हुने भएको छ । ओमान समूह ‘बी’ मा समूह विजेता बनेको छ ।
ओमानले समूह चरणका चारै खेल जितेर अपराजित रहँदै समूह विजेता बनेको छ भने हङकङले ४ खेलमा २ खेल जितेर ४ अंकसहित समूह ‘बी’ को उपविजेता बनेको छ ।
अब सेमिफाइनलका खेलहरु शुक्रबार हुने छन् ।