सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

विश्वचर्चित रोनाल्डोले जिते युभेन्ट्ससँगको कानुनी लडाइँ


  • 424
    SHARES
  • https://indrenipost.com/posts/7709
    बैशाख ६, २०८१ बिहीबार
    विश्वचर्चित रोनाल्डोले जिते युभेन्ट्ससँगको कानुनी लडाइँ

    काठमाडौं । क्रिस्टियानो रोनाल्डोले इटालियन फुटबल क्लब युभेन्ट्सविरुद्धको कानुनी लडाइँ जितेका छन् । 

    युभेन्टसबाट खेल्दा क्लबले १० मिलियन युरो भुक्तानी नदिएको विषयमा रोनाल्डो अदालत गएका थिए । 

    रोनाल्डोले गत सेप्टेम्बरमा युभेन्टसविरुद्ध भुक्तानी नदिएको भन्दै मुद्दा दायर गरेका थिए । कोरोना महामारीको बेला क्लबले रोनाल्डोलाई दिने भनेको सो रकम नदिएको बताइएको छ । 

    रोनाल्डोले करिब २० मिलियन युरो नदिएको बताए पनि अदालतले रोनाल्डो र युभेन्टस दुवैलाई यस प्रकरणमा दोषी मान्दै आधा रकम भुक्तानी गर्न युभेन्टसलाई निर्देशन दिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

    रोनाल्डोले तीन सिजन युभेन्टसबाट खेलेपछि २०२१ को अगस्तमा क्लब छोडेका थिए । तीन सिजनमा रोनाल्डोले युभेन्टसका लागि १३४ खेलमा १०१ गोल गरेका थिए । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij