सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

खेलकुद

नेपालले युएईलाई दियो १२० रनको लक्ष्य


  • 532
    SHARES
  • https://indrenipost.com/posts/7728
    बैशाख ७, २०८१ शुक्रबार
    नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

    काठमाडौं । नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउदै ११९ रन बनाएको हो ।

    नेपालका लागि सन्दीप जोराले सर्बाधिक ५० रन बनाए भने गुलशन झाले २० तथा करण केसीले १७ रन बनाए । 

    नेपालका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । पहिलो बलमा नै कुशल भुर्तेलको विकेट गुमाएर दबाबमा आएका नेपाली ब्याट्सम्यान अन्त्य सम्मनै दबाबमा देखिएका थिए ।

    त्यसैगरी युएईका बलर जुनैद सिद्धिकी, अली नासेर र बासील हमीदले २–२ विकेट लिए भने ओमिद शफी रहमान, आयान खान र मुहमद फारुकले एक एक विकेट लिएका थिए ।
      

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij