सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

खेलकुद

युएईसँग पराजित भएसँगै नेपाल एसिया कप छनोट हुनबाट चुक्यो 


  • 478
    SHARES
  • https://indrenipost.com/posts/7730
    बैशाख ७, २०८१ शुक्रबार
    युएईसँग पराजित भएसँगै नेपाल एसिया कप छनोट हुनबाट चुक्यो 

    काठमाडौं । नेपाल एसिया कपमा छनोट हुन असफल भएको छ ।

    एसीसी प्रिमियर कपको सेमिफाइनलमा युएईसँग पराजित भएसँगै नेपाल २०२५ मा हुने टी–२० एशिया कपमा छनोट हुन असफल भएको हो ।

    सेमिफाइनलमा युएईले नेपाललाई ६ विकेटले पराजित गरेको हो । नेपालले दिएको १२० रनको लक्ष्य पछाएको युएईले १७.२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।

    यसअघि नेपालले २० ओभरमा ९ विकेट गुमाउदै ११९ रन बनाएको थियो ।यो जितपछि युएई प्रिमियर कपको फाइनलमा पुगेको छ ।

    नेपालले भने अब तेस्रो स्थानको लागि खेल्ने छ । आजै हुने दोस्रो सेमिफाइनलमा पराजित हुने देशसँग नेपालले तेस्रो स्थानको लागि शनिबार खेल्ने छ । यस प्रिमियर कपमा पहिलो दोस्रो र तेस्रो हुने देशले इमर्जिङ टिम्स एसिया कप खेल्न पाउने छन् । 

    अब प्रिमियर कपको दोस्रो सेमिफाइनल आजै आयोजक ओमान र हङकङबीच हुनेछ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij