सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

वोल्भ्समाथि आर्सनलको सहज जित


  • 694
    SHARES
  • https://indrenipost.com/posts/7737
    बैशाख ९, २०८१ आइतबार
    वोल्भ्समाथि आर्सनलको सहज जित

    काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले वोल्भ्समाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले वोल्भ्सलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

    आर्सनलको जितमा लीन्द्रो ट्रोसार्ड र मार्टिन ओडेगार्डले एक एक गोल गरेका थिए । यो जितपछि आर्सनल प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ ।

    ३३ खेलमा ७४ अंकसहित आर्सनल शिर्ष स्थानमा छ भने एक खेल कम खेलेको म्यानचेस्टर सिटी ३२ खेलमा ७३ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

    त्यसैगरी वोल्भ्सको भने ३३ खेलमा ४३ अंक रहेको छ र लिगमा ११औ स्थानमा छ ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij