सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

आज आईपिएलमा दिल्ली र गुजरातबीच प्रतिस्पर्धा


  • 730
    SHARES
  • https://indrenipost.com/posts/7789
    बैशाख १२, २०८१ बुधबार
    आज आईपिएलमा दिल्ली र गुजरातबीच प्रतिस्पर्धा

    काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदैछ । आज दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच खेल हुँदैछ ।  

    दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि सुरु हुँदैछ । जारी आइपिएलमा दिल्ली क्यापिटल्सले ८ मध्ये केवल ३ खेल जितेको छ भने ५ खेलमा हार बेहोरेको छ ।

    प्लेअफमा पुग्नका लागि दिल्लीले अब लगभग सबै खेल जित्नुपर्ने अवस्था रहेको छ । त्यसैगरी गुजरात टाइटन्सले अहिलेसम्म खेलेका ८ खेल मध्ये ४ खेल जितेको छ भने ४ खेलमा हार बेहोरेको छ ।  

    दिल्ली क्यापिटल्स ऋषव पन्तको कप्तानीमा यस सिजनको आइपिएल खेल्दै छ । दुर्घटनाका कारण लामो समय क्रिकेटबाट टाढा रहेका पन्तले आइपिएलबाट क्रिकेटमा पुनरागमन गर्दैछन् ।

    आइपिएलको प्रदर्शनले उनलाई राष्ट्रिय टिमको बाटोमा लैजाने छ । दिल्लीमा कप्तान ऋषवका अलावा कुलदीप यादव, अक्सर पटेल जस्ता भारतीय खेलाडीको भूमिका महत्वपूर्ण हुन सक्छ ।  

    त्यस्तै डेविड वार्नर, मिचेल मार्श जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुनसक्ने देखिन्छ । दिल्ली क्यापिटल्सको आइपिएलमा २०२० मा उपविजेता बनेको थियो । यो नै उसको अहिलेसम्मको सबैभन्दा राम्रो प्रदर्शन हो । गत सिजनमा दिल्ली नवौं स्थानमा रहेको थियो ।  

    त्यसैगरी गुजरात टाइटन्स यस सिजनमा शुभमन गिलको कप्तानीमा खेल्दै छ । गुजरातले टिम खेलेको पहिलो सिजनमै विजेता र गत सिजनमा उपविजेता बनेर बलियो टिमको उदाहरण दिएको छ ।

    यस टिममा गिलसहित रिद्धिमान शाह, साइ किसोर, साइ सुदर्शन, राहुल तेवातिया, उमेश यादव, अभिनव मनोहर जस्ता भारतीय खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ भने डेविड मिलर रशिद खान, अज्मतुल्लाह ओमरजाइ, केन विलियम्सन जस्ता विदेशी खेलाडीको भूमिका ठुलो हुने देखिएको छ ।

    गुजरात टिम खेलेको पहिलो सिजनमै विजेता र गत सिजनमा उपविजेता बनेको थियो ।            

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij