मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

राजनीति

मन्त्रिपरिषद्लाई पूर्णता दिनबारे सत्तारुढ शीर्ष नेताको बैठक सुरु


  • 2.8K
    SHARES
  • https://indrenipost.com/posts/779
    असोज ५, २०७८ मंगलबार
    मन्त्रिपरिषद्लाई पूर्णता दिनबारे सत्तारुढ शीर्ष नेताको बैठक सुरु

    काठमाडाैं । मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बसेकाे छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेकाे र त्यसले मन्त्रालयको भागवण्डाबारे निर्णय गर्ने प्रधानमन्त्री  शेरबहादुर देउवा सचिवालय स्रोतले जनाएको छ । प्रधानमन्त्री देउवाले सोमबार छिट्टै मन्त्रिमण्डलले पूर्णता पाउने घोषणा गरेका थिए । अहिले कांग्रेस र माओवादी केन्द्रबाट ५ जना सरकारमा छन् ।

    त्यसबाहेक देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी पार्टीबाट पनि सरकारमा सहभागी गराएर मन्त्रिमण्डल विस्तार गरिन लागेको हो । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालसहित १४ सांसदविरुद्ध एमालेले हालेको रिटमाथि फैसला आउन समय लाग्ने भएपछि सरकारलाई पूर्णता दिएर जान लागिएको स्रोतले जनायो ।

    जसपाले सरकारमा सहभागी हुनु अघि प्रतिनिधि सभामा पेश भएको दल विभाजन सम्बन्धि अध्यादेश खारेज हुनुपर्ने सर्त राखेको छ । त्यस आधारमा केही मन्त्रीहरु नियुक्त गरेर जाने र बाँकीको पछि नियुक्त गर्ने सम्भावना पनि छ। कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले पनि शीर्ष नेताहरुबीच निरन्तर छलफल चलिरहेको बताए ।

    ‘शीर्ष नेताहरु निरन्तर छलफलमा हुनुहुन्छ,’ खड्काले भने, ‘आजको छलफलमा निष्कर्षमा पुग्ने प्रयास हुन्छ ।’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले ६ बजे गठबन्धनको बैठक बस्ने र मन्त्रिमण्डल विस्तारबारे छलफल हुने बताए । 

    तर, उनले भागवण्डाबारे कुनै निर्णय भइनसकेको बताए। स्रोतका अनुसार मन्त्रीहरुको भागवण्डा टुंगो लागिसकेको छ । सरकारलाई सहयोग गर्न बनेको कार्यदलबीचमा मन्त्रालय बाँडफाँटमा सहमति जुटेपछि मंगलबार शीर्ष नेताहरुको राखिएको हो ।

    शीर्ष नेताहरुको बैठक अघि सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # संयुक्त गठबन्धन सरकार
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij