सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

आईपिएलमा आज कोलकोता र पञ्जाव खेल्दै


  • 586
    SHARES
  • https://indrenipost.com/posts/7820
    बैशाख १४, २०८१ शुक्रबार
    आईपिएलमा आज कोलकोता र पञ्जाव खेल्दै

    काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदैछ । आज कोलकोता नाइट राइडर्स र पञ्जाव किंग्सबीच खेल हुँदैछ ।  

    कोलकोताको इडेन गार्डेनमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि सुरु हुँदैछ ।  

    जारी आइपिएलमा कोलकोताले अहिलेसम्म ७ खेलमा ५ जितहासिल गर्दै १० अंकसहित दोस्रो स्थानमा रहेको छ । कोलकोताले अहिलेसम्म २ खेलमा हार बेहोरेको छ ।  

    त्यसैगरी पञ्जावले भने यस सिजनमा पनि राम्रो प्रदर्शन गर्न सकेको छैन । अहिलेसम्म खेलेका ८ खेलमा ६ खेलमा हार बेहोरेको पञ्जावले केवल २ खेलमा जित हासिल गरेको छ ।  

    कोलकोता श्रेयस अय्यरको कप्तानीमा आइपिएल खेल्दै छ । कोलकोताका लागि यस सिजनमा उनको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।

    विवादपछि भारतीय क्रिकेट बोर्डको सेन्ट्रल कन्ट्रयाक्टमा नपरेका श्रेयसले आइपिएलको प्रदर्शनबाट बोर्डलाई जवाफ दिने प्रयास गर्ने छन् ।

    त्यस्तै उनी बाहेक गत आइपिएलबाट उदाएका रिंकु सिंह, नितिश राना जस्ता भारतीय खेलाडी कोलकोताका लागि महत्वपूर्ण हुनसक्छन् ।  

    त्यस्तै सुनिल नारान, आन्द्रे रसेल, रह्मुनुल्लाह गुर्बाज जस्ता विदेशी खेलाडीको प्रदर्शन महत्वपूर्ण हुने देखिन्छ ।

    कोलकोताले यसअघि २०१२ र २०१४ मा उपाधि जितेको छ भने २०२१ मा उपविजेता बनेको छ । गत सिजनमा कोलकोता सातौं स्थानमा आएको थियो ।  

    पञ्जाव किंग्सको कप्तानी शिखर धवनले गरिरहेपनि इन्जुरीका कारण पछिल्लो खेल खेलेका थिएनन् । उनको अनुपस्थितिमा पछिल्ला खेलहरुमा साम कुरानले पञ्जावको कप्तानी गरिरहेका छन्  ।  

    त्यस्तै पञ्जावका भारतका जितेश शर्मा, प्रभसिमरन सिंह, अर्शदीप सिंह, हर्षल पटेल, शशांक सिंह, आसुतोष शर्मा जस्ता खेलाडीको भूमिका महत्वपूर्ण देखिएको छ भने जोनी बैरस्ट्रव, कागीसो रावडा, लियम लिभिङस्टोन, साम कुरान जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।  

    आइपिएलमा पञ्जाव किंग्स २०१४ मा उपविजेता बनेको थियो । यो नै उसको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो । गत सिजनमा पञ्जाव आठौ भएको थियो ।         

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij