सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

खेलकुद

वेष्ट इन्डिज ‘ए’द्वारा नेपाललाई २०५ रनको लक्ष्य (तस्बिरसहित)


  • 541
    SHARES
  • https://indrenipost.com/posts/7843
    बैशाख १५, २०८१ शनिबार
    वेष्ट इन्डिज ‘ए’द्वारा नेपाललाई २०५ रनको लक्ष्य (तस्बिरसहित)

    काठमाडौं । आजदेखि सुरु भएको टी–ट्वान्टी शृङखलाको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपाललाई जितका लागि दुई सय पाँच रनको लक्ष्य दिएको छ ।

    FB_IMG_1714210012473.jpg

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिज‘ए’ले निर्धारित २० ओभर पाँच विकेट गुमाउदै दुई सय चार रनको योगफल बनायो ।

    FB_IMG_1714210004711.jpg

    वेस्ट इन्डिज ‘ए’का लागि कप्तान रोस्टन चेशले सर्वाधिक ७४ रनको योगदान दिए । उनले ४६ बलमा नौ चौका र दुई छक्का प्रहार गरे । यसैगरी एलिक एथानाजेले २५ बल खेल्दै ४७ रन जोडे ।

    FB_IMG_1714210002597.jpg

    उनले यस क्रममा पाँच चौका र तीन छक्का हाने । यस्तै केसी कार्टीले ३८ तथा कदीम एलियनले १५ रन बनाए । बलिङतर्फ नेपालका अभिनाश बोहोरा, कमलसिंह ऐरी, दीपेन्द्रसिह ऐरी र कप्तान रोहितकुमार पौडेलले एक एक विकेट लिए ।

    FB_IMG_1714210010167.jpg

    नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । केहीबेर अघिसम्मको खेलमा नेपालले नौ ओभरमा दुई विकेट गुमाएर ७१ रन बनाएको छ । अनिल साह पाँच तथा कुशल भुर्तेल १६ रन बनाएर पभेलियन फर्केका छन् ।

    FB_IMG_1714210015076.jpg

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij