सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

खेलकुद

नेपाल र वेस्ट इन्डिज ए बीचको दोस्रो खेल हुँदै


  • 424
    SHARES
  • https://indrenipost.com/posts/7848
    बैशाख १६, २०८१ आइतबार
    नेपाल र वेस्ट इन्डिज ए बीचको दोस्रो खेल हुँदै

    काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको दोस्रो ट्वान्टी–२० खेलमा मैदान उत्रिँदा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ ।

    नेपालले यसअघि रोस्टन चेजको कप्तानीमा रहेको वेस्ट इन्डिज ‘ए’ विरुद्ध चार विकेटको जित निकालेको थियो ।

    आजको खेलमा पनि रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाल सोही लयलाई निरन्तरता दिने लक्ष्यमा छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल मध्याह्न १२ः१५ बजेदेखि सुरु हुनेछ ।

    पहिलोपटक नेपाल भ्रमणमा आएको वेस्ट इन्डिजले घरेलु टिमसँग पाँच खेलको ट्वान्टी २० शृंखला खेल्ने तालिका छ ।

    ट्वान्टी–२० विश्वकपको तयारीका लागि आयोजित यो शृंखलाका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

    आजको खेलपछि शृंखलाको तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौँ तथा अन्तिम खेल शनिबार हुने तालिका छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij