सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

न्यू इङल्याण्डमाथि इन्टर मियामीको फराकिलो जित


  • 757
    SHARES
  • https://indrenipost.com/posts/7856
    बैशाख १६, २०८१ आइतबार
    न्यू इङल्याण्डमाथि इन्टर मियामीको फराकिलो जित

    अमेरिकन लिग सकर (एमएलएस) अन्तर्गत इन्टर मियामीले न्यू इङल्याण्डमाथि फराकिलो जित हासिल गरेको छ ।

    आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले न्यू इङल्याण्डलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । इन्टर मियामीको जितमा लियोनेल मेसीले २ गोल गरेका थिए ।

    त्यस्तै लुइस स्वरेज र बेन्जामिन क्रिमासचीले एक एक गोल गरेका थिए । यो जितपछि एमएलएसको इस्टर्न कन्फेरेन्समा इन्टर मियामी ११ खेलमा २१ अंकसहित शिर्ष स्थानमा रहेको छ ।

    त्यसैगरी न्यू इङल्याण्डको भने ९ खेलमा केवल ४ अंक रहेको छ र अंक तालिकामा पुछारमा रहेको छ ।    

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij