सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

खेलकुद

वेस्ट इन्डिज ‘ए’ ले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै


  • 541
    SHARES
  • https://indrenipost.com/posts/7862
    बैशाख १६, २०८१ आइतबार
    वेस्ट इन्डिज ‘ए’ ले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

    काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० सिरिजको दोस्रो खेल आज हुँदैछ । टियु मैदानमा हुने यो खेलमा वेस्ट इन्डिज ‘ए’ ले टस जितेको छ ।

    वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ ।

    यसअघि शनिबार सम्पन्न खेलमा नेपालले शानदार ४ विकेटले जित हासिल गर्दै सिरिजमा १–० को अग्रता हासिल गरेको छ ।

    नेपाली टिमले आजको खेलमा पाँच परिवर्तन गरेको छ । आज लोकेश बम, आरिफ शेख, सोमपाल कामी, आकाश चन्द र सागर ढकाल प्लेइङ ११ मा समावेश रहेका छन् । 

    नेपालको प्लेइङ ११ – रोहित पौडेल –कप्तान), कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, आकाश चन्द, लोकेश बम र सागर ढकाल । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij