आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

चेल्सी छोड्दै थियागो सिल्भा


  • 478
    SHARES
  • https://indrenipost.com/posts/7899
    बैशाख १८, २०८१ मंगलबार
    चेल्सी छोड्दै थियागो सिल्भा

    ब्राजिलियन सेन्टर ब्याक थियागो सिल्भाले चेल्सी छोड्ने भएका छन् । ३९ बर्षिय सिल्भाले यस सिजनको अन्त्यसँगै चेल्सी छोड्ने घोषणा गरेका हुन् ।

    उनको चेल्सीमा यस सिजनको अन्त्यसँगै सम्झौता सकिदै छ । अब चेल्सीमा सम्झौता नवीकरण नहुने भएसँगै उनी चेल्सीबाट बाहिरिने भएका हुन् ।

    उनी २०२० मा पिएसजीबाट फ्री- ट्रान्सफरमा चेल्सी आएका थिए । चेल्सी छोड्ने घोषणा गर्दै सिल्भाले चेल्सी आफ्नो परिवार जस्तै रहेको र आफुले क्लबको सफलताका लागि सबथोक गरेको प्रतिक्रिया दिएका छन् ।

    भावुक हुदै सिल्भाले आफु कुनै दिन चेल्सीमा फर्किने दाबी पनि गरे । सिल्भाले २०२० देखि अहिलेसम्म चेल्सीका लागि १५१ खेल खेलेका थिए भने ९ गोल पनि गरेका थिए ।

    यस अवधिमा चेल्सीका लागि उनले एक च्याम्पियन्स लिग, एक युइएफए सुपर कप, एक फिफा क्लब विश्वकप जितेका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij