मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

राजनीति

परराष्ट्रमन्त्रीमा नेपाली काँग्रेसका नेता डा. खड्का नियुक्त


  • 1.5K
    SHARES
  • https://indrenipost.com/posts/790
    असोज ६, २०७८ बुधबार
    परराष्ट्रमन्त्रीमा नेपाली काँग्रेसका नेता डा. खड्का नियुक्त

    काठमाडौं । परराष्ट्रमन्त्रीमा नेपाली काँग्रेसका नेता डा. नारायण खड्का नियुक्त भएका छन् । खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइसकिएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले भने, ‘परराष्ट्रमन्त्रीमा नारायण खड्कालाई नियुक्त गरिएको जानकारी राष्ट्रपतिलाई गराइसकिएको छ ।’ राष्ट्रपति कार्यालयले शपथ ग्रहण हुने समय तोक्न भने बााकी रहेको उनले बताए ।

    समय निश्चित गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री पदको शपथ ग्रहण गराउनेछिन् । आजै कार्यभार सम्हालेर मन्त्री खड्का संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने कार्यक्रम छ ।

     

  • सम्बन्धित विषय:

  • # संयुक्त गठबन्धन सरकार
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij