आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

खेलकुद

टी-२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा, खेलाडीहरू को-को छनोटमा परे ? (नामावलीसहित)


  • 586
    SHARES
  • https://indrenipost.com/posts/7939
    बैशाख १९, २०८१ बुधबार
    टी-२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा, खेलाडीहरू को-को छनोटमा परे ? (नामावलीसहित)

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले ट्वान्टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो ।

    रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टिममा अनिल शाह, सागर ढकाल र कमलसिंह ऐरीले मौका पाएका छन् ।

    ट्वान्टी–२० विश्वकप आगामी जुन १ देखि अमेरिका र वेस्ट इन्डिजका विभिन्न सहरहरूमा आयोजना हुँदै छ । जुन २९ सम्म सञ्चानल हुने प्रतियोगिताको यस संस्करणमा नेपालसँगै कुल २० टिमको सहभागिता छ ।

    नेपाली टिम : रोहितकुमार पौडेल, कुशल भुर्तेल, अनिल शाह, आसिफ सेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, करण केसी, सोमपाल कामी, ललितनारायण राजवंशी, प्रतिश जीसी, अविनाश बोहरा, सन्दीप जोरा, सागर ढकाल, कमलसिंह ऐरी ।

    can-1714568653.jpg

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij