काठमाडौं । टी–२० सिरिजमा वेस्ट इन्डिज 'ए'विरुद्ध नेपाललाई पाँचाैँ झट्का लागेको छ ।
चाैधाैँ ओभरकाे तेस्राे बलमा नेपालका कप्तान राेहितकुमार पाैडेल आउट भए । उनले ४७ बलमा ८२ रनकाे शानदारी पारी खेले । त्य
सक्रममा उनले सात चाैका र पाँच छक्का हिर्काए । उनी आउट भएपछि मैदानमा गुल्शन झा उत्रेका छन् । यसअघि दशाैँ ओभरकाे दाेस्राे बलमा सन्दीप जाेरा क्याच आउट भए ।
उनले १४ बलमा १९ रन बनाए । पाँचौँ ओभरको पहिलो बलमा कुशल भुर्तेल आउट भए । उनले पाँच बल खेलेर एक रन मात्रै बनाउन सके ।पछिल्लो समय उनी खराब लयबाट गुज्रिरहेका छन् ।
भुर्तेलपछि मैदान छिरेका कुशल मल्ल पनि टिक्न सकेनन् । उनी पनि चार बलमा चार रन बनाएर आएट भए । उनले एउटा चौका प्रहार गरे । यसअघि नेपालका ओपनर आसिफ शेख पहिलो ओभरको दोस्रो बलमै आउट भएका थिए ।
नेपालले वेस्ट इन्डिजले दिएको २१० रनको लक्ष्य पछ्याइरहेको छ । टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०९ रनको योगफल तयार पारेको थियो ।
वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले ८४ र जोनसन चार्ल्सले ५८ रनको योगदान दिए । यस्तै, फाबियन एलन ३३ रनमा अविजित रहँदा एलिक एथानाजेले ५ र केइसी कार्टीले ४ रन जोडे ।
नेपालका लागि कुशल भुर्तेलले २ र प्रतिश जिसीले १ विकेट लिए ।