आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

जंगलमा लागेको आगो घरमा सल्किँदा १ युवती बेपत्ता, हल गोरु र ४८ बाख्रा जले


  • 487
    SHARES
  • https://indrenipost.com/posts/7967
    बैशाख २१, २०८१ शुक्रबार
    जंगलमा लागेको आगो घरमा सल्किँदा १ युवती बेपत्ता, हल गोरु र ४८ बाख्रा जले

    काठमाडौं । जंगलको डढेलोले घर जलेपछि रामेछापमा एक युवती बेपत्ता भएकी छन् ।

    बिहीबार साँझ जंगलमा लागेको डढेलो मानव बस्तिमा फैलिएपछि रामेछाप नगरपालिका-८ चौकिटारका टेकमान तामाङकी छोरी ३२ वर्षीया रमिता तामाङ बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रञ्जन गिरीले जानकारी दिए ।

    नजिकैको वनबाट आएको आगोले तामाङका दुईवटा घर तथा दुईवटा गोठ जलेर नष्ट हुनुका साथै ४८ वटा बाख्रा पनि मरेका छन् ।

    आगालागीमा ३५ हजार नगद जल्नुका साथै एक हल गोरु घाइते भएका प्रहरीले जनाएकाे छ । बेपत्ता युवतीका अभिभावकका अनुसार रमिता सुस्त मनस्थितिकी थिइन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij